काठमाडौं । सिन्धुलीको फिक्कलबाट यात्रुसहितको कार सुनकोशी नदीमा खसेर बेपत्ता भएको छ।
फिक्कल गाउँपालिका–२ नवलपुरबाट सोमबार बिहान साढे ११ बजेतिर कार सुनकोशी नदीमा खसेको हो।
कारमा कति यात्रु सवार थिए, यकिन भइसकेको छैन। तर, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रवीन्द्रबहादुर सिंहले कारमा तीनचार जना यात्रु सवार रहेको सूचना आएको बताए।
‘हाम्रो टोली घटनास्थलमा पुगिसकेको छ,’ एसपी सिंहले भने, ‘कार नदीमा पूरै डुबेको जानकारी हामीलाई आएको छ। थप अनुसन्धान हुँदैछ।’
यात्रुसहितको बार सुनकोशीमा बेपत्ता
कारमा कति यात्रु सवार थिए, यकिन भइसकेको छैन। तर, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रवीन्द्रबहादुर सिंहले कारमा तीनचार जना यात्रु सवार रहेको सूचना आएको बताए।