काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) नेपाल इन्टेलिजेन्स ब्युरोले काठमाडौं उपत्यकामा लागूऔषध कारोबारविरुद्ध चलाएको विशेष अभियानअन्तर्गत ठूलो सफलता हात पारेको छ। डीआईजी दिपेन्द्र शाहको नेतृत्वमा सक्रिय ब्युरोको टोलीले काठमाडौंको गाङखेलबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल, नगद तथा सवारीसाधनसहित तीनजनालाई नियन्त्रणमा लिएको हो।
भारतबाट नेपालका विभिन्न सिमावर्ती क्षेत्र हुँदै काठमाडौंसम्म लागूऔषधको अवैध तस्करी गर्ने केजिएफ २ नामक गिरोह सक्रिय रहेको भन्ने विशेष सूचनाका आधारमा एपीएफ इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले मिति मंगलबार काठमाडौं महानगरपालिका वडा नं. १४, गाङखेल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी बस्ने वर्ष २६ का राकेश कुमार शाह, बारा जिल्ला कलैया ५ बस्ने वर्ष २१ का नौसाद अन्सारी र ओखलढुङ्गाको मानेभञ्ज्याङ ५ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मीस्थान ६ बस्ने वर्ष २४ का दिपक राई रहेका छन्। पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि रेजिमेन्ट बेस बलम्बुमा बुझाइएको छ।
उनीहरू साथबाट ट्रामाडोल १२,००० फाइल (१,२०,००० क्याप्सुल),, टाटा कम्पनीको हात्ती गाडी, बागमती प्रदेश ०१-०२-०६५प ४४८९ नम्बरको ट्रिम्फ बुलेट मोटरसाइकल, एन्ड्रोइड मोबाइल ३ थान, नगद एक हजार ७ सय ४५ रुपैयाँ, चालक अनुमतिपत्र १ थान र गाडीको ब्लुक १ थान बरामद गरिएको छ। काठमाडौं उपत्यकामा लागूऔषधको सञ्जाल तोड्न एपीएफ इन्टेलिजेन्स ब्युरोले पछिल्लो समय निगरानी तथा कारबाहीलाई तिब्र पारिरहेको छ।
एपीएफ ईन्टलिजेन्स ब्यूरोद्वारा उपत्यकामा ठूलो परिमाणमा लागू अौषध बरामद, तीन जना पक्राउ