सन्दीपको मुद्दामा आज पेशी

नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीबार सर्वोच्च अदालत पुगेका थिए ।

सन्दीपको मुद्दामा आज पेशी
काठमाडौं । सर्वोच्च अदालतले सन्दीप लामिछानेको मुद्दाको पेशी आजका लागि तोकेको छ । लामिछानेले हिजो सर्वोच्चमा दायर गरेको मुद्दाको पेशी आजका लागि तोकिएको हो । नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीबार सर्वोच्च अदालत पुगेका थिए । धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक बुँदाहरू हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका हुन्।