नारायणगढ-मुग्लिन सडकमा सवारी साधन आवागमनमा रोक

धादिङलगायतका केही जिल्ला र चितवनका विभिन्न स्थानमा शनिबार साँझदेखि लगातार पानी परिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अझै पानी पर्ने क्रम बढ्ने अनुमान भएकाले सवारीसाधन आवागमनमा रोक लगाउनु परेको सूचनामा उल्लेख छ।

नारायणगढ-मुग्लिन सडकमा सवारी साधन आवागमनमा रोक
काठमाडौं । नारायणगढ–मुग्लिन सडकमा शनिबार रातिदेखि सवारी साधन आवागमनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय, चितवनले शनिबार राति सूचना प्रकाशित गरी सवारीसाधन आवागमनमा रोक लगाएको जनाएको छ। शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय जारी गरेको सूचनामा भनिएको छ, ‘रातको समयमा सवारी आवागमन सुचारु राखिरहँदा हुनसक्ने जोखिम समेतलार्य मध्यनजर गरी आज राति १० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि नारायणगढ–मुग्लिन–काठमाडौँ सडकखण्डमा चल्ने सबै प्रकृतिका सवारी साधनहरूको आवागमनमा रोक लगाइएको बेहोरो सबैमा जानकारी गराइन्छ।’ धादिङलगायतका केही जिल्ला र चितवनका विभिन्न स्थानमा शनिबार साँझदेखि लगातार पानी परिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अझै पानी पर्ने क्रम बढ्ने अनुमान भएकाले सवारीसाधन आवागमनमा रोक लगाउनु परेको सूचनामा उल्लेख छ।