प्रधानमन्त्री दाहालद्वारा डीआईजी सिंहको राजीनामा स्वीकृत

उमेर विवादपछि राजीनामा दिएका प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहको राजीनामा गृह मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहालले स्वीकृत गरेका हुन् ।

प्रधानमन्त्री दाहालद्वारा डीआईजी सिंहको राजीनामा स्वीकृत
काठमाडौं । नेपाल प्रहरीका डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत भएको छ । उमेर विवादपछि राजीनामा दिएका प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहको राजीनामा गृह मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहालले स्वीकृत गरेका हुन् । राजीनामा स्वीकृत गरेको पत्र गृह मन्त्रालयले बिहीबार नै नेपाल प्रहरीलाई पठाइसकेको छ । बुधबार नै राजीनामा दिएका सिंहको राजीनामा सोही दिनदेखि नै लागू हुनेछ ।