विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर, झण्डै २१ करोड बिगो माग

यसअघि नै अदालतमा दर्ता भइसकेको प्रतिवादी दीपक भट्टसमेतको सम्पत्ति शुद्धीकरणको मुद्दामा थप अनुसन्धान गरी अदालतमा विभागले पूरक अभियोग पत्र दर्ता गरेको हो । विभागले पौडेलको बैंक खातामा भएको ६ लाख ३४ हजार रुपैयाँ जफत गर्न समेत मागदाबी गरेको छ ।

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर, झण्डै २१ करोड बिगो माग
काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष अदालत काठमाडौंमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले बिहीबार उनीविरुद्ध पुरक आरोपपत्र दर्ता गरेको हो । मुद्दामा पौडेलसहित १० वटा कम्पनीहरूसहित १६ जनालाई प्रतिवादी बनाइएको छ । पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बराबारको बिगो माग गरिएको छ । यसअघि नै अदालतमा दर्ता भइसकेको प्रतिवादी दीपक भट्टसमेतको सम्पत्ति शुद्धीकरणको मुद्दामा थप अनुसन्धान गरी अदालतमा विभागले पूरक अभियोग पत्र दर्ता गरेको हो । विभागले पौडेलको बैंक खातामा भएको ६ लाख ३४ हजार रुपैयाँ जफत गर्न समेत मागदाबी गरेको छ ।