हेटौंडाको कर्रा खोलामा आएको बाढीले बगायो ट्रक

शिवममा ढुङ्गा अनलोड गरेर फर्कदै गरेको ना७ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक चालकसहित बगाएकामा चालक, चितवन, रत्ननगर–१३ का ३४ वर्षीय दीपक थिङ पौडिएर निस्कन सफल भएका छन् । ट्रक खोलामै रहेको छ ।

हेटौंडाको कर्रा खोलामा आएको बाढीले बगायो ट्रक
हेटौँडा । आज बिहान हेटौँडाको कर्रा खोलामा आएको बाढीले १२ चक्के ट्रक बगाएको छ । बिहान ०७ः४५ बजे हेटौँडा–१७ हटियास्थित शिवम् सिमेन्टबाट फर्किरहेको ट्रक ह्युम पाइप हालेर बनाएको कल्भर्टमा पानीको बहाव बढ्दा बगेको हो। शिवममा ढुङ्गा अनलोड गरेर फर्कदै गरेको ना७ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक चालकसहित बगाएकामा चालक, चितवन, रत्ननगर–१३ का ३४ वर्षीय दीपक थिङ पौडिएर निस्कन सफल भएका छन् । ट्रक खोलामै रहेको छ ।