शीर्ष नेताहरु बीचको बैठक किन रोकियो ?

प्रधानमन्त्री निवास बालुवाटारमा पुरानो गठबन्धनका शीर्ष नेताहरुबीच बस्ने भनिएको बैठक स्थगित भएको छ ।

शीर्ष नेताहरु बीचको बैठक किन रोकियो ?
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा पुरानो गठबन्धनका शीर्ष नेताहरुबीच बस्ने भनिएको बैठक स्थगित भएको छ । बेलुका ५ बजे शीर्ष नेताहरुबीच राष्ट्रपतिका विषयमा छलफल गर्ने भनिएपनि अन्तिममा बैठक रोकिएको हो । अर्को समय निर्धारण गरेर शीर्ष नेताहरुको बैठक बस्ने प्रधामन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए । ‘राष्ट्रपतिको चुनावका विषयमा प्रधानमन्त्री निवासमा शीर्ष नेताहरुबीच बैठक बस्ने भन्ने थियो’ मल्लले भने, अन्तमा आएर शीर्ष नेताहरुको कार्यव्यस्तताले बैठक स्थगित भयो । राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति कायम गर्न शीर्ष नेताहरुसँग छलफल गर्ने तयारी गरिएको छ । संयुक्त बैठक रोकिए पनि एकल रुपमा पुराना गठबन्धनका शीर्ष नेताहरुलाई भेट्ने तयारी गरिएको माओवादी केन्द्रका एक नेताले बताए ।