पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागले भन्यो : ७ दिनभित्र हाजिर हुन आउनू

विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै देउवाको तीन पुस्ते खुलाएर सम्पत्ति शुद्धीकरणको कसुर अनुसन्धानका लागि जयवीरलाई कार्यालयमा उपस्थित हुन भनेको हो।

पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागले भन्यो : ७ दिनभित्र हाजिर हुन आउनू
काठमाडौं । सम्पती शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री तथा कांग्रेस नेता शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई कार्यालयमा उपस्थित हुन सूचना गरेको छ। विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै देउवाको तीन पुस्ते खुलाएर सम्पत्ति शुद्धीकरणको कसुर अनुसन्धानका लागि जयवीरलाई कार्यालयमा उपस्थित हुन भनेको हो। जयवीरलाई बाटोको म्याद बाहेक सात दिनभित्र कार्यालयमा उपस्थित हुन भनिएको छ। म्यादभित्र हाजिर हुन नआएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनीसमेत सूचनामा दिइएको छ। ‘सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानका शिलशिलामा तपाईँसँग केही बुझ्नुपर्ने भएकाले बाटोको म्याद बाहेक यो सूचना प्रकाशन भएको मितिले सात दिनभित्र ललितपुर, पुल्चोकस्थित कर्मचारी सञ्चयकोषको केन्द्रीय कार्यालयको बी ब्लकमा रहेको विभागको कार्यालयमा हाजिर हुन आउनुहुन सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा भनिएको छ, ‘म्यादभित्र हाजिर हुन नआएमा प्रचलित कानुन बमोजिम हुनेछ।’ पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उनकी पत्नी आरजु र छोरा जयवीर पनि हाल विदेशमा छन्। फागुन २१ को चुनावअघि उपचारको लागि भन्दै विदेश गएका देउवा परिवार अझै स्वदेश फर्किएको छैन। देउवा परिवारमाथि नै विभागले सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गरिरहेको छ।