रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि वीपी राजमार्ग अवरुद्ध

शनिबार पानी परेर रोशी खोलाको पानीको सतह केही बढेको थियो। त्यसमाथि आइतबार अपरान्हदेखि ठूलो वर्षा भएपछि रोशी र दाप्चाखोलमा बाढी आएर डाइभर्सन बगाएको हो।

रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि वीपी राजमार्ग अवरुद्ध
काभ्रे । निरन्तर परिरहेको वर्षाका कारण रोशी खोला र दाप्चाखोलामा आएको बाढीले डाइभर्सन बगाएपछि वीपीराजमार्ग बन्द गरिएको छ। रोशी खोलामा पानीको बहाव बढेसँगै राजमार्गको काभ्रे खण्डमा सवारी आगमन बन्द गरिएको हो। शनिबार पानी परेर रोशी खोलाको पानीको सतह केही बढेको थियो। त्यसमाथि आइतबार अपरान्हदेखि ठूलो वर्षा भएपछि रोशी र दाप्चाखोलमा बाढी आएर डाइभर्सन बगाएको हो। काभ्रेका सीडीओ गोपालप्रसाद अधिकारीका अनुसार रोशी खोलामा आएको बाढीले सडक अवरुद्ध गरेका कारण सवारी आगमन बन्द गरिएको हो। घुम्ती भएको ठाउँ र चौकीडाँडा खण्डमा क्षति पुगेपछि तत्कालका लागि सबै किसिमका सवारी साधन बन्द गरिएको हो। काठमाडौंबाट पूर्वतर्फ गइरहेका सवारी साधन काभ्रेभञ्ज्याङ र पूर्वबाट आइरहेका सवारी साधनलाई मंगलटार तथा नेपालथोकमा होल्ड गरिएको छ।