पेट्रोल–डिजेल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घट्यो

त्यसैगरी खाना पकाउने ग्यास पनि प्रतिसिलिन्डर १ सय रुपैयाँ सस्तो भएको निगमले जनाएको छ। हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि भने ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम हुने निगमको भनाइ छ।

पेट्रोल–डिजेल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरुको खुद्रा मूल्य घटाएको छ। बुधबारदेखि लागू हुने गरी निगमले प्रतिलिटर पेट्रोलमा २० रुपैयाँ, डिजेल र मट्टितेलमा ३० रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ ४० र अन्तर्राष्ट्रियतर्फ काठमाडौैंको लागि प्रतिकिलोलिटर २ सय ६५ अमेरिकी डलरले मूल्य घटाएको हो। त्यसैगरी खाना पकाउने ग्यास पनि प्रतिसिलिन्डर १ सय रुपैयाँ सस्तो भएको निगमले जनाएको छ। हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि भने ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम हुने निगमको भनाइ छ। यसअनुसार अब उपभोक्ताले पेट्रोल प्रतिलिटर १ सय ९७ रुपैयाँ, डिजेल र मट्टितेल १९५ रुपैयाँ तिरे पुग्नेछ । त्यस्तै एलपी ग्यास १४।२ किलोको २०६० रुपैयाँ र ७।१ किलोको १ हजार ३० रुपैयाँ तिर्नुपर्नेछ । हाल अन्तर्राष्ट्रिय बजारमा मूल्यमा सुधार आएकाले नेपालमा पनि मूल्य घटाइएको निगमको दाबी छ। त्यसो त निगमले अन्तर्राष्ट्रिय बजारमा निकै अघिदेखि नै कच्चा तेलको मूल्यमा सुधार आइसके पनि इन्डियन आयल कर्पोरेसनलाई देखाउँदै मूल्य घटाउन मानेको थिएन।