द भोइस किड्स नेपाल : खोटाङकी १२ वर्षीया सुबुको गायनले कोचको मन जित्यो

आफ्नो आकर्षक गायन मार्फत सुबुले दर्शक तथा श्रोताहरूको मन जितेकी छन्। उनको प्रस्तुतिको भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ भने धेरैले उनको प्रतिभाको खुलेर प्रशंसा गरेका छन्।

द भोइस किड्स नेपाल : खोटाङकी १२ वर्षीया सुबुको गायनले कोचको मन जित्यो
काठमाडौं । खोटाङकी १२ वर्षीया प्रतिभाशाली गायिका शुवास्ना खड्का केसी (सुबु)ले द भोइस किड्स नेपाल सिजन ५ मा उत्कृष्ट प्रस्तुति दिँदै कोच वाङ्देन शेर्पाको कुर्सी घुमाउन सफल भएकी छन्। आफ्नो आकर्षक गायन मार्फत सुबुले दर्शक तथा श्रोताहरूको मन जितेकी छन्। उनको प्रस्तुतिको भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ भने धेरैले उनको प्रतिभाको खुलेर प्रशंसा गरेका छन्। सुबुको सफलताले खोटाङसहित देशभरका संगीतप्रेमीहरूलाई मोहित बनाएको सामाजिक सञ्जालमा देखिएका प्रतिक्रिया र शुभकामनाबाट स्पष्ट हुन्छ।