नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीको निलम्बन फुकुवा

नागरिक उन्मुक्ति पार्टीका निलम्बित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ ।

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीको निलम्बन फुकुवा
काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीका निलम्बित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ । प्रतिनिधि सभाको आज बुधवारको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्रजातन्त्र दिवसका अवसरमा सांसद चौधरीको कैद मिनाहा भएको व्यहोराको पत्र सदनलाई जानकारी गराएपछि सांसद चौधरीको निलम्बन फुकुवा भएको हो । आन्दोलनका क्रममा ट्र्याक्टरमा आगजनीको घटनामा सांसद चौधरी जेल परेका थिए ।