बाजुरामा केन्द्रविन्दु : ५ दशमलव २ म्याग्निच्युडको भूकम्प

बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

बाजुरामा केन्द्रविन्दु : ५ दशमलव २ म्याग्निच्युडको भूकम्प
काठमाण्डौ । बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बुधवार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, अछामलगायतका जिल्लामासमेत भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको धक्कापछि स्थानीयवासी त्रसित बनेका छन् । भूकम्पबाट क्षति भएको जानकारी अहिलेसम्म प्राप्त भएको छैन । बाजुरा केन्द्रविन्दु भएर यसअघि माघ १० गते ५ दशमलव ९ म्याग्निच्युड र माघ १२ गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो । माघ १० गतेको भूकम्पका कारण एक जनाको ज्यानसमेत गएको थियो ।