भारतको आसाममा खस्यो भारतीय वायुसेनाको विमान

सेना र सामान ढुवानीमा प्रयोग गरिने एएन-३२ विमान दुर्घटना भएको हो। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको भारतीय वायुसेनाले जनाएको छ।

भारतको आसाममा खस्यो भारतीय वायुसेनाको विमान
काठमाडौं । शनिबार बिहान आसामको जोरहाटस्थित रौरिया एयरबेसमा अवतरण गर्ने प्रयास गर्दा एउटा सैन्य विमान दुर्घटना भएको छ। भारतीय अनलाइन दैनिक भास्करका अनुसार विमान खसेपछि आगो लाग्दै दुई टुक्रा भएको छ। सेना र सामान ढुवानीमा प्रयोग गरिने एएन-३२ विमान दुर्घटना भएको हो। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको भारतीय वायुसेनाले जनाएको छ।