काभ्रे बस दुर्घटना अपडेट : मृतकको संख्या आठ पुग्यो, १६ जना घाइते

बनेपाबाट सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस दुर्घटना भएको हो। बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बसमा २४ जना सवार थिए।

काभ्रे बस दुर्घटना अपडेट : मृतकको संख्या आठ पुग्यो, १६ जना घाइते
काठमाडौं । काभ्रेपलाञ्चोकको बुच्चाकोटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ। दुर्घटनामा १६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन विष्टले जानकारी दिएका छन्। घाइतेको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ। बनेपाबाट सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस दुर्घटना भएको हो। बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बसमा २४ जना सवार थिए।