प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ। बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्दै । बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ पेस गर्ने कार्यसूची रहेको छ। यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।