समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नाम सार्वजनिक (सूचीसहित)

बुधबार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले नाम सार्वजनिक गर्दै उनीहरूको सम्पत्तिबारे जानकारी दिन भनेको छ। समस्याग्रस्त सहकारीका सञ्चालकसँगै उनीहरूका परिवारको नाममा लुकाइएको सम्पत्तिबारे सूचना दिन सर्वसाधारणलाई आग्रह गरिएको छ।

समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नाम सार्वजनिक (सूचीसहित)
काठमाडौं । सरकारले समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकको नाम सार्वजनिक गरेको छ। बुधबार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले नाम सार्वजनिक गर्दै उनीहरूको सम्पत्तिबारे जानकारी दिन भनेको छ। समस्याग्रस्त सहकारीका सञ्चालकसँगै उनीहरूका परिवारको नाममा लुकाइएको सम्पत्तिबारे सूचना दिन सर्वसाधारणलाई आग्रह गरिएको छ। ‘सार्वजनिक भएका सञ्चालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति वा रकम लुकाएको जानकारी भएमा यस कार्यालयमा सूचना गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ,’ सूचनामा भनिएको छ। यससँगै समितिले सार्वजनिक गरिएको विवरणमा फरक परेको भए सम्पर्क गर्न पनि भनेको छ।