गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने

प्रदेशसभाको बजेट अधिवेशन यही ११ जेठखि सुरु भएको थियो । यसबीचमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने
कास्की । गण्डकी प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आज अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए । प्रदेश सरकारले १ असारमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो । प्रदेशसभाको बजेट अधिवेशन यही ११ जेठखि सुरु भएको थियो । यसबीचमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।