नेपाल वायु सेवा निगमलाई कम्पनीमा परिणत गर्ने सरकारको घोषणा

अर्थमन्त्री डा. वाग्लेले भने, 'नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्नेछौँ ।'

नेपाल वायु सेवा निगमलाई कम्पनीमा परिणत गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमनलाई कम्पनीमा रूपान्तरण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आथामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् । अर्थमन्त्री डा. वाग्लेले भने, 'नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्नेछौँ ।'