बजेट : १० लाखसम्मको आम्दानीमा १ प्रतिशत मात्रै आयकर

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले एकल व्यक्तिका लागि आयकरको सीमा १० लाख रुपैयाँ पुर्‍याइएको घोषणा गरे ।

बजेट : १० लाखसम्मको आम्दानीमा १ प्रतिशत मात्रै आयकर
काठमाडौं । सरकारले करदातामाथिको करको बोझ घटाउने उद्देश्यसहित आयकरको सीमा दोब्बर बनाएको घोषणा गरेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले एकल व्यक्तिका लागि आयकरको सीमा १० लाख रुपैयाँ पुर्‍याइएको घोषणा गरे । नयाँ व्यवस्थाअनुसार अब १० लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले १ प्रतिशत मात्रै आयकर तिरे पुग्ने भएको छ ।