दुर्गा प्रसाईंका सहयाेगी चाैधरीले गरे आत्मदाह प्रयास

यसअघि बिएण्डसी हस्पिटलमा चालकको काम गर्ने चौधरी केही महिनादेखि बेरोजगार थिए । अस्पतालका मालिक दुर्गा प्रसाईंको व्यक्तिगत सहयोगीका रुपमा काम गरेका उनले मंगलबार शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् ।

दुर्गा प्रसाईंका सहयाेगी चाैधरीले गरे आत्मदाह प्रयास
झापा। बिर्तामोडमा एक युवकले आत्मदाहको प्रयास गरेका छन्। बिर्तामोड–७ निवासी ३४ वर्षीय विजय चौधरीले मंगलबार अपराह्न ४ बजे आत्मदाहको प्रयास गरेका हुन्। यसअघि बिएण्डसी हस्पिटलमा चालकको काम गर्ने चौधरी केही महिनादेखि बेरोजगार थिए । अस्पतालका मालिक दुर्गा प्रसाईंको व्यक्तिगत सहयोगीका रुपमा काम गरेका उनले मंगलबार शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् । उनको शरीरको पछाडिको भाग १५ देखि २० प्रतिशत जलेको बताइएको छ। घटनापछि चौधरीलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको छ।