डीडीसीमा सीआईबीको छापा, केही कागजात नियन्त्रणमा

सीआईबीले बुधबार अपरान्ह लैनचौरस्थित डीडीसीको केन्द्रीय कार्यालयमा छापा हानेको हो । यसक्रममा दूध खरिदबिक्रीसम्बन्धी केही कागजात नियन्त्रणमा लिइएको फिल्डमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिए ।

डीडीसीमा सीआईबीको छापा, केही कागजात नियन्त्रणमा
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दुग्ध विकास संस्थान (डीडीसी)मा छापा हानेको छ । सीआईबीले बुधबार अपरान्ह लैनचौरस्थित डीडीसीको केन्द्रीय कार्यालयमा छापा हानेको हो । यसक्रममा दूध खरिदबिक्रीसम्बन्धी केही कागजात नियन्त्रणमा लिइएको फिल्डमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिए । सीआईबीले पछिल्ला तीन वर्षयता निर्णय समेत उपलब्ध गराउन भनेको छ । यो समाचार तयार पार्दासम्म सीआईबीको टोली डीडीसी कार्यालयमै छ । डीडीसीले किसानलाई करिब ५० करोड रूपैयाँ भुक्तानी गर्न बाँकी छ । सरकारी स्वामित्वको डीडीसीले किसानबाट दूध संकलन गरेर बजारमा बेच्ने गर्छ ।