ओली निवास पुगे नेकपा एसका सांसद श्रेष्ठ

ओलीले पार्टी एकताका विषयमा चासो राखेका थिए । यसअघि ओलीले सो पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पनि गोप्य कुराकानी गरेका थिए ।

ओली निवास पुगे नेकपा एसका सांसद श्रेष्ठ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका नेताहरुसँग एक्लाएक्लै वार्ता थालेका छन् । उनले मंगलबार नेकपा एसका सांसद तथा पूर्वमन्त्री किसान श्रेष्ठलाई निवासमा बोलाएर भेट गरेका छन् । ओलीले पार्टी एकताका विषयमा चासो राखेका थिए । यसअघि ओलीले सो पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पनि गोप्य कुराकानी गरेका थिए । ओलीसँगको भेटमा श्रेष्ठले बृहत्तर एकताका लागि आफूहरुका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउन आग्रह गरेको बताएका थिए । त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि सहमतिमा ल्याउन श्रेष्ठले ओलीसँग आग्रह गरेका थिए ।