बागलुङका १० स्थानीय तहमा १ अर्ब ६८ करोड बेरुजु, कुन पालिकाको कति ?

महालेखाको ६३ औं वार्षिक प्रतिवेदन अनुसार बागलुङका १० स्थानीय तह मध्ये बरेङ गाउँपालिकामा बढी बेरूजु भएको गाउँपालिका देखिएको छ ।

बागलुङका १० स्थानीय तहमा १ अर्ब ६८ करोड बेरुजु, कुन पालिकाको कति ?
बागलुङ । महालेखा परीक्षकको कार्यालयले बागलुङका १० स्थानीय तहमा १ अर्ब ६८ करोड ९७ लाख ८९ हजार रुपैयाँ बेरुजु भएको प्रतिवेदन सार्वजनिक गरेको छ । महालेखाको ६३ औं वार्षिक प्रतिवेदन अनुसार बागलुङका १० स्थानीय तह मध्ये बरेङ गाउँपालिकामा बढी बेरूजु भएको गाउँपालिका देखिएको छ । कुन गाउँपालिकामा कति बेरुजु बरेङ गाउँपालिकाको १.७१ प्रतिशत बडिगाड गाउँपालिकाको १.२४ प्रतिशत निसीखोला गाउँपालिकाको १.२२ प्रतिशत ताराखोला गाउँपालिकाको ०.२७ प्रतिशत काठेखोला गाउँपालिकाको ०.०८ प्रतिशत तमानखोला गाउँपालिकाको ०.१ प्रतिशत नगरपालिकामा ढोरपाटन नगरपालिकाको १.४७ प्रतिशत जैमिनी नगरपालिकाको १.४५ प्रतिशत बागलुङ नगरपालिकाको ०.३६ प्रतिशत गलकोट नगरपालिकाको बेरुजु ०.०६ प्रतिशत