काठमाडौँ । राष्ट्रपति निर्वाचनमा भाग लिने कि बहिष्कार गर्ने भन्ने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय लिने भएको छ । सरकारमा पनि सहभागी राप्रपाका नेताहरूले राष्ट्रपति निर्वाचनमा भाग लिनुपर्ने र बहिष्कार गर्नुपर्ने धारणा राख्दै आएका छन् ।
उपप्रधानमन्त्रीसहित सरकारमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू सहभागी छन् । राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले राष्ट्रपति निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयमा निर्क्यौल नभइसकेको बताएका छन् । 'राष्ट्रपति निर्वाचनबारे पार्टीले अहिलेसम्म केही धारणा बनाइसकेको छैन । राष्ट्रपति निर्वाचनमा भाग लिने कि नलिने भन्ने केही भएको छैन । कार्यसम्पादन समिति बैठकपछि मात्रै निर्क्यौल हुन्छ,' उनले भने, 'राष्ट्रपति निर्वाचनमा यसै गर्ने भन्ने भइसकेको छैन ।'
राष्ट्रपति चुनावबारे निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टीले बोलायो बैठक
राष्ट्रपति निर्वाचनमा भाग लिने कि बहिष्कार गर्ने भन्ने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय लिने भएको छ ।

