दुईदिने भ्रमणका लागि चीन पुगे पुटिन

चीनको विदेश मन्त्रालयका अनुसार पुटिन र सीबिच दुई देशबिचको सम्बन्ध, व्यापार, रणनीतिक सहयोग र वर्तमान विश्वव्यापी अवस्थाबारे छलफल हुनेछ। पुटिनले चीनका प्रधानमन्त्री ली केकियाङसँग पनि भेट गर्ने सम्भावना रहेको बताइएको छ।

दुईदिने भ्रमणका लागि चीन पुगे पुटिन
काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने भ्रमणका लागि मंगलबार अबेर राति चीन पुगेका छन् । बेइजिङ विमानस्थलमा उनलाई चीनका विदेशमन्त्री वाङ यीले स्वागत गरेका छन्। पुटिनले चीन भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति सी चिनफिङसँग भेट गर्नेछन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गरेको केही दिनपछि नै पुटिन त्यहाँ पुगेका हुन्। चीनको विदेश मन्त्रालयका अनुसार पुटिन र सीबिच दुई देशबिचको सम्बन्ध, व्यापार, रणनीतिक सहयोग र वर्तमान विश्वव्यापी अवस्थाबारे छलफल हुनेछ। पुटिनले चीनका प्रधानमन्त्री ली केकियाङसँग पनि भेट गर्ने सम्भावना रहेको बताइएको छ।