अर्थमन्त्री उपस्थित नभएपछि स्थगित भयो प्रतिनिधिसभाको बैठक

प्रि–बजेट छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नआएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

अर्थमन्त्री उपस्थित नभएपछि स्थगित भयो प्रतिनिधिसभाको बैठक
काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रि–बजेट छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नआएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री र मन्त्री संसदप्रति जवाफदेही नभएको भन्दै लगातार आवाज उठाउँदै आएका थिए । यसै क्रममा आज सत्तारुढ रास्वपाकै सांसद अमरेशकुमार सिंहले २० वर्षको इतिहासमा पहिलोपटक अर्थमन्त्रीको अनुपस्थितिमा प्रि–बजेटमाथि छलफल भएको देखेको भन्दै आपत्ति जनाएका थिए ।