कीर्तिपुरमा घिमिरेको हत्या प्रकरण : हत्याका मुख्य अभियुक्त शाहीलाई प्रहरीले गोली हानेर समात्यो

प्रहरीले नियन्त्रणमा लिने क्रममा फरार भएका उनलाई घुँडामुनि गोली हानेर पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । गोली प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि पठाइएको छ ।

कीर्तिपुरमा घिमिरेको हत्या प्रकरण : हत्याका मुख्य अभियुक्त शाहीलाई प्रहरीले गोली हानेर समात्यो
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरेको घटनाका मुख्य अभियुक्तलाई प्रहरीलाई गोली चलाएर पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विपिन घिमिरे हत्याका मुख्य अभियुक्त सुजन शाहीलाई गोली चलाएर पक्राउ गरेको हो । प्रहरीले नियन्त्रणमा लिने क्रममा फरार भएका उनलाई घुँडामुनि गोली हानेर पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । गोली प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि पठाइएको छ । यो घटनामा संलग्न भएको आरोपमा यसअघि प्रहरी वृत्त कीर्तिपुरको टोलीले २३ वैशाखमा तीन जनालाई पक्राउ गरेको थियो । त्यतिबेला अछामको साँफेबगर नगरपालिका–४ घर भई कीर्तिपुर नगरपालिका–९ भाजंगल बस्ने २५ वर्षीय महेन्द्र शाह, कैलालीको बर्दगोरिया गाउँपालिका–४ घर भई कीर्तिपुर पाँगा दोबाटो बस्ने २३ वर्षीय रवीन्द्र धामी र कैलालीकै घोडाघोडी नगरपालिका–१ घर भई कीर्तिपुर नगरपालिका–८ सिनेमा हल बस्ने २२ वर्षीय रोशन बिष्ट पक्राउ परेका थिए । उनीहरुविरुद्ध प्रहरीले कर्तव्य ज्यानको मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । तर हत्याका मुख्य अभियुक्त शाही भने घटना लगत्तै फरार थिए । उनी खोजीगरिहेको प्रहरीले टोखा एरियामा फेला पारेपछि नियन्त्रण लिन खोज्दा उनी फरार भएका थिए । यो समूहले २३ वैशाखमा दिउँसो साढे २ बजेतिर कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा गुल्मीको धुर्कोट नगरपालिका–७ घर भई कीर्तिपुर ढल्पा बस्ने २२ वर्षीय विपिन घिमिरेको हत्या गरेको आरोप छ । धारिलो हतियार हतियार प्रहारपछि घिमिरे भुईंमै ढलेका थिए । कीर्तिपुर अस्पताल पु¥याइएकोमा चिकित्कसले उनलाई मृत घोषणा गरेका थिए । हत्या गर्ने र मारिने साथी–साथी रहेको प्रहरीको भनाइ छ । उनीहरूबीच विवाद बढेपछि धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो ।