काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकल दाहाल ‘प्रचण्ड’ले संसद्मा जो पसे पनि आफैँ आएजस्तो लाग्ने टिप्पणी गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले आफ्नो जीवनको उज्यालो समय अन्धकारमा नै बिताएको टिप्पणी गरे । उनले आफ्नो टाउकोको मूल्य तोकेको पनि स्मरण गरे ।
'यो सम्मानित सदनमा जसको प्रवेश भए पनि मलाई आफ्नै प्रवेश भए जस्तो लाग्छ ,' उनले भने, 'सामन्तवादविरुद्ध हामीले उठाएको बन्दुकले ढोका नखोलेको भए कहाँबाट यहाँ प्रवेश गरेर मन्त्री बन्नुहुन्थ्यो, उत्पीडित समुदायका दलित, महिला, जनाजाति आदि,' उनले भने ।
प्रचण्डको प्रश्न-सामन्तवादविरुद्ध हामीले उठाएको बन्दुकले ढोका नखोलेको भए तपाईहरू मन्त्री कहाँबाट बन्नुहुन्थ्यो ?
मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले आफ्नो जीवनको उज्यालो समय अन्धकारमा नै बिताएको टिप्पणी गरे । उनले आफ्नो टाउकोको मूल्य तोकेको पनि स्मरण गरे ।