काठमाडौं । प्रधानमन्त्री बालेन शाहको पोशाकलाई लिएर संसद्मा प्रश्न उठेको छ । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले यस्तो प्रश्न उठाएका हुन् ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरे । यो कार्यक्रममा प्रधानमन्त्री बालेन राष्ट्रिय पोशाकमा उपस्थित नभएको भनेर एमाले सांसद बरालले प्रश्न उठाएका हुन् ।
‘प्रधानमन्त्रीज्यूले दुइटा राष्ट्रिय महत्वका बैठकहरू, संयुक्त सदनमा राष्ट्रिय पोशाकको परिपालना गर्नुपर्ने हो कि होइन ? ’ उनले प्रश्न गरे । चलन त्यसै नचल्ने र चलाएपछि चलन चल्ने भन्दै उनले थपे, ‘हामीहरूले कस्तो चलन चलाउने हो यो देशमा ? म सभामुख महोदयमार्फत यस विषयमा रुलिङको माग गर्दछु ।’
प्रधानमन्त्री बालेनले लगाएको पोशाकको विषयलाई लिएर उठ्यो प्रश्न