काठमाडौं । टर्किस एयरको जहाजमा आगो लागेपछि त्रिभुवन विमानस्थलमा बन्द गरिएको छ। टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगो देखिएको हो।
सोमबार बिहान ७ बजे इस्तानबुलबाट काठमाडौं आएको एयरलाइन्सको पाङ्ग्रामा अवतरण गर्ने क्रममा आगो लागेको विमानस्थल कार्यालयले जनाएको छ। दमकलको सहायतामा आगो निभाइएको छ।
विमानमा सवार सबै यात्रु भने सकुशल रहेका विमानस्थल कार्यालयका एक अधिकारीले जानकारी दिए।
‘ल्यान्ड गर्ने क्रममा राइटसाइडका ह्विलहरूमा आगलागी भयो। आगलागी नियन्त्रणमा लिइएको छ। अहिले रनवे बन्द गरिएको छ। जहाज हटाएपछि सुचारु होला,’ ती अधिकारीले भने।
विमानमा आगो लागेपछि सबै यात्रुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो। रनवे बन्द हुँदा विमान अवतरण र उडान रोकिएको छ।
अवतरणको क्रममा टर्किस एयरको जहाजमा आगो लागेपछि त्रिभुवन विमानस्थल बन्द
सोमबार बिहान ७ बजे इस्तानबुलबाट काठमाडौं आएको एयरलाइन्सको पाङ्ग्रामा अवतरण गर्ने क्रममा आगो लागेको विमानस्थल कार्यालयले जनाएको छ। दमकलको सहायतामा आगो निभाइएको छ।

