काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उहाँकी पत्नी आरजु राणा देउवाविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने नेपाल सरकारको प्रयासमा अन्तर्राष्ट्रिय स्तरमै अवरोध देखिएको छ । नेपाल प्रहरीको इन्टरपोल शाखा (एनसीबी काठमाडौं)ले पठाएको प्रस्तावलाई इन्टरपोल मुख्यालयले अस्वीकार गरेको स्रोतले जनाएको छ ।
सरकारले विभिन्न अभियोगमा देउवा दम्पतीको संलग्नता रहेको दाबी गर्दै पक्राउ पुर्जी जारी गरेको थियो । सोही आधारमा उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा खोजी सूचीमा राख्न रेड कर्नर नोटिस जारी गर्न पहल गरिएको हो । तर, इन्टरपोल मुख्यालयबाट उक्त प्रस्ताव अस्वीकार भएपछि घटनाले नयाँ मोड लिएको छ ।
उच्च स्रोतका अनुसार देउवा दम्पती हाल सिंगापुर हुँदै हङकङ पुगेको सूचनापछि सरकारले उनीहरूलाई नियन्त्रणमा लिन अन्तर्राष्ट्रिय संयन्त्र प्रयोग गर्न खोजेको थियो । तर, इन्टरपोलले राजनीतिक प्रकृतिका मुद्दामा प्रत्यक्ष संलग्नता नदेखाउने आफ्नो नीतिअनुसार यस्तो निर्णय गरेको अनुमान गरिएको छ । यद्यपि, यसबारे आधिकारिक पुष्टि भने हुन सकेको छैन ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले भने यसबारे औपचारिक जानकारी नआएको बताउनुभयो । ‘एनसीबीले पत्राचार गरेको विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन,’ उहाँले भन्नुभयो– ‘इन्टरपोल मुख्यालयको निर्णयबारे पनि हामीलाई सूचित गरिएको छैन ।’
देउवा दम्पतीविरुद्ध रेड कर्नर 'नोटिस'मा अस्वीकार