नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचन : एसोशियटतर्फ १७ सदस्य विजयी (मतसहित)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वका लागि मंगलबार भएको निर्वाचनको मतगणना जारी छ । एसोसियट समूहतर्फको सदस्य पदको मतगणना सम्पन्न भएको छ । प्राप्त अन्तिम मतपरिणाम अनुसार सबैभन्दा बढी मत ल्याउने १७ उमेदवार विजयी भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचन : एसोशियटतर्फ १७ सदस्य विजयी (मतसहित)
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वका लागि मंगलबार भएको निर्वाचनको मतगणना जारी छ । एसोसियट समूहतर्फको सदस्य पदको मतगणना सम्पन्न भएको छ । प्राप्त अन्तिम मतपरिणाम अनुसार सबैभन्दा बढी मत ल्याउने १७ उमेदवार विजयी भएका छन् । सचिन ढकाल १,३१८ मतका साथ पहिलो स्थानमा रहँदै विजयी भएका छन् । हेमन्त गोल्छाले १,२०२ मत र अम्बिकाप्रसाद पौडेलले १,१८३ मत प्राप्त गरी उच्च स्थान हासिल गरेका छन् । विजयी १७ सदस्यहरूको नामावली र प्राप्त मत  १. सचिन ढकाल : १,३१८ २. हेमन्त गोल्छा : १,२०२ ३. अम्बिकाप्रसाद पौडेल : १,१८३ ४. शक्तिकुमार वेगानी : १,१४२ ५. उज्जवलकुमार श्रेष्ठ : १,१४० ६. ऋषि अग्रवाल : १,१२२ ७. सुशील थापा : १,०९४ ८. राजेशकुमार अग्रवाल : १,०८२ ९. सुयस प्याकुरेल : १,०६९ १०. रामशरण भण्डारी : १,०४३ ११. बाबुकाजी कार्की : १,००६ १२. देवराज रेग्मी : ९५४ १३. बाबु लामिछाने : ८६० १४. ढोलप्रसाद अधिकारी : ८५८ १५. गोपाल खनाल : ८०४ १६. भरत रानाभाट : ७८८ १७. देशबन्धु बस्नेत (अजित) : ७७८ निर्वाचन समितिका अनुसार सदस्यहरूको गणना सकिएलगत्तै अब एशोसियट उपाध्यक्ष तथा महिला सदस्यको मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ ।