मसाज सेन्टरमा प्रहरीको छापा, २५८ नियन्त्रणमा

पक्राउ परेकाहरूमाथि अनैतिक क्रियाकलाप गरेको आरोप छ। प्रहरीले काठमाडौँको ठमेल, बौद्ध तथा ललितपुरको विभिन्न ठाउँमा रहेका मसाज सेन्टर छापा मार्दा २४० जना महिला र १८ जना पुरुषलाई नियन्त्रणमा लिएको हो।

मसाज सेन्टरमा प्रहरीको छापा, २५८ नियन्त्रणमा
काठमाडौं । प्रहरीले काठमाडौं र ललितपुरको विभिन्न मसाज सेन्टरबाट २ सय ५८ जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार ५७ वटा मसाज सेन्टरमा छापा मारेको थियो। पक्राउ परेकाहरूमाथि अनैतिक क्रियाकलाप गरेको आरोप छ। प्रहरीले काठमाडौँको ठमेल, बौद्ध तथा ललितपुरको विभिन्न ठाउँमा रहेका मसाज सेन्टर छापा मार्दा २४० जना महिला र १८ जना पुरुषलाई नियन्त्रणमा लिएको हो।