बिन्दबासिनी म्युजिकका सञ्चालक रेग्मीलाई ५ दिन थुनामा राख्न अनुमति

थाइल्याण्डबाट नेपाल आउँदा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । सामाजिक संजालमार्फत महेशचन्द्र आचार्यविरुद्ध अपशब्द प्रयोग गरेको आरोपमा उनलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ ।

बिन्दबासिनी म्युजिकका सञ्चालक रेग्मीलाई ५ दिन थुनामा राख्न अनुमति
काठमाडौं । विन्दवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । आइतबार प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरेको थियो । थाइल्याण्डबाट नेपाल आउँदा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । सामाजिक संजालमार्फत महेशचन्द्र आचार्यविरुद्ध अपशब्द प्रयोग गरेको आरोपमा उनलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ । सांगीतिक क्षेत्रका आचार्यले प्रहरीमा रेग्मी विरुद्ध जाहेरी दिएका थिए । विद्युतीय स्वरूपमा चरित्र हत्या हुने फोटो सहितको सामग्री रेग्मीले सामाजिक सञ्जालमा पोष्ट गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । ब्युरोले उनलाई सोमबार जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि उपस्थित गराएको थियो ।