आज काठमाडौंसहित देशका यी स्थानमा वर्षा हुने

कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भेगमा अधिकांश बादल लाग्ने र तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोसी प्रदेशका धेरै स्थान र मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन /चट्याङसहित मध्यम

आज काठमाडौंसहित देशका यी स्थानमा वर्षा हुने
काठमाडौं । हाल देशका हिमाली र पहाडी क्षेत्रका आकाशमा साधारणतया र बाँकी स्थानमा आंशिक बादल लागेको छ। अनि गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस क्रममा काठमाडौं उपत्यकामा पनि हल्का वर्षा सुरु भइसकेको मौसम महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए। मौसमविद् पुडासैनीका अनुसार आज दिनभर काठमाडौँ उपत्यकाको मौसम पनि खुल्ने सम्भावना छैन। आज काठमाडौं उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना छ। ‘निरन्तर वर्षा हुने त होइन’, उनले भने, ‘तर दिनभर बादल लाग्ने बेलाबेला पानी पर्ने रोकिने फेरि पर्ने क्रम जारी रहने सम्भावना छ।’ दिउँसो : कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेसलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थान साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपात हुने सम्भावना छ। राति : कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भेगमा अधिकांश बादल लाग्ने र तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोसी प्रदेशका धेरै स्थान र मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन /चट्याङसहित मध्यमसम्मको वर्षारहिमपात हुने सम्भावना छ। कोसी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा हिमपात हुने सम्भावना छ।