सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिने वरिष्ठ हवल्दार रंगेहात पक्राउ

आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले प्रहरी वरिष्ठ हवल्दार क्षेत्रीलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित शनिबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिने वरिष्ठ हवल्दार रंगेहात पक्राउ
कास्की । जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुसको रकमसहित पक्राउ परेका छन् । उनले लागूऔषध मुद्दामा सहजीकरण गरिदिने भनेर सेवाग्राहीसँग घुस मागेको सूचना र उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निण्न्त्रणमा लिएको हो । आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले प्रहरी वरिष्ठ हवल्दार क्षेत्रीलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित शनिबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।