प्रधानमन्त्री बालेन क्याबिनेटमा १६ जना मन्त्रीको टुंगो (नामसहित)

यसै दिन मन्त्रिपरिषद् विस्तारको तयारी छ । बालेनसहित रास्वपाका शीर्ष नेताले अब बन्ने मन्त्रीहरूको नाम टुंगो लगाएका छन् । मन्त्री बन्ने १६ जनाको नाम टुंगो लगाइएको रास्वपाले जनाएको छ ।

प्रधानमन्त्री बालेन क्याबिनेटमा १६ जना मन्त्रीको टुंगो (नामसहित)
फाइल तस्बिर काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज दिउँसो १२ः३४ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन् । यसै दिन मन्त्रिपरिषद् विस्तारको तयारी छ । बालेनसहित रास्वपाका शीर्ष नेताले अब बन्ने मन्त्रीहरूको नाम टुंगो लगाएका छन् । मन्त्री बन्ने १६ जनाको नाम टुंगो लगाइएको रास्वपाले जनाएको छ । प्रधानमन्त्रीसहित मन्त्री बन्न लागेकाको सूची १. बालेन्द्र शाह (बालेन) – प्रधानमन्त्री, रक्षा २. डा. स्वर्णिम वाग्ले – अर्थमन्त्री ३. सुधन गुरुङ – गृहमन्त्री ४. शिशिर खनाल – परराष्ट्रमन्त्री ५. सोविता गौतम – कानुनमन्त्री ६. सस्मित पोखरेल – शिक्षामन्त्री ७. सुनिल लम्साल – भौतिक पूर्वाधार तथा यातायात ८. प्रतिभा रावल – सामान्य प्रशासन भूमि, सहकारी तथा गरिबी निवारण ९. सीता वादी – महिला बालबालिका तथा ज्येष्ठ नागरिक १०. अमरेशकुमार सिंह – उद्योग वाणिज्य तथा आपूर्ति ११. विराजभक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिँचाइ १२. निशा मेहता – स्वास्थ्य तथा जनसंख्या १३. गनेश पौडेल – संस्कृति पर्यटन १४. डा. विक्रम तिमल्सिना – सञ्चार तथा सूचना १५. दीपक शाह – श्रम, रोजगार तथा सामाजिक सुरक्षा १६. गीता चौधरी – कृषि तथा पशुपन्छी