सुनको मूल्य आज पनि घट्यो

गत बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९२० कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ४३४ र त्यति नै परिमाणको चाँदी ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सुनको मूल्य आज पनि घट्यो
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ । सुन तोलामा चार हजार ६०० ले घटेको छ भने चाँदी पनि १५० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८१ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६७० कायम भएको छ । हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८२० कायम भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९२० कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ४३४ र त्यति नै परिमाणको चाँदी ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।