तीन दिनपछि हट्यो कपिलवस्तुको निषेधाज्ञा

तनाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले चैत ७ गतेदेखि दिउँसोदेखि नै निषेधाज्ञा जारी गरेको थियो। स्थायी नियन्त्रणमा लिन तीन दिनसम्म निषेधाज्ञा यथावत राखिएको थियो। आज बिहान निषेधाज्ञा हटाएसँगै जनजीवन सामान्य बन्दै गएको छ। महाराजगन्ज नगरपालिका–२, वरदवा क्षेत्रका बजार व्यवसाय खुल्न थालेका छन्।

तीन दिनपछि हट्यो कपिलवस्तुको निषेधाज्ञा
काठमाडौं । कपिलवस्तुमा तीन दिनदेखि लगाइएको निषेधाज्ञा मंगलबार बिहानबाट हटाइएको छ। जनजीवन सामान्य बनेपछि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताए। ‘विवाद साम्य भएको छ, शान्ति सुरक्षाको अवस्थामा सुधार आएको छ,’ घिमिरेले भने, ‘आज बिहान ९ बजेदेखि निषेधाज्ञा हटाएका छौँ।’ चैत ७ गते चर्को आवाजमा भवन गरेको विषयलाई लिएर स्थानीय बासिन्दाबीच विवाद भएको थियो। विवाद बढ्दै जाँदा दुई समुदायबीच झडपका भएको थियो। तनाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले चैत ७ गतेदेखि दिउँसोदेखि नै निषेधाज्ञा जारी गरेको थियो। स्थायी नियन्त्रणमा लिन तीन दिनसम्म निषेधाज्ञा यथावत राखिएको थियो। आज बिहान निषेधाज्ञा हटाएसँगै जनजीवन सामान्य बन्दै गएको छ। महाराजगन्ज नगरपालिका–२, वरदवा क्षेत्रका बजार व्यवसाय खुल्न थालेका छन्।