भिरबाट जिप खस्दा चालकसहित २ जनाको मृत्यु

दुर्घटनामा जिप चालक आदर्श गाउँपालिका-३ काँडी स्याउलेका २२ वर्षीय सुबोध रोकाया र जिपमा सवार सोही ठाउँका १९ वर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

भिरबाट जिप खस्दा चालकसहित २ जनाको मृत्यु
काठमाडौं । डोटीमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। आदर्श गाउँपालिका-६ रौसेल्लाखोला स्थित मौवा-गिरिचौका भित्री कच्ची सडकखण्डमा जिप दुर्घटना भएको हो। दुर्घटनामा जिप चालक आदर्श गाउँपालिका-३ काँडी स्याउलेका २२ वर्षीय सुबोध रोकाया र जिपमा सवार सोही ठाउँका १९ वर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। खतेडाबाट काँडी स्याउलेतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ च ३९२३ नम्बरको बोलेरो जिप घुम्तीमा अनियन्त्रित भएर सडकबाट ९ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।