काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यको शपथ आउँदो चैत १२ गते हुने भएको छ । संसद् सचिवालयले बिहीबार संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूसँगको छलफल गरेको थियो । आउँदो चैत १२ गते शपथ गराउने गरी छलफल भएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
त्यस्तै, संसदीय दलका कार्यालयबारे पनि सचिवालयले जानकारी गराएको छ । “संसद् सचिवालयमा जे उपलब्ध छ । त्यहीअनुसाको कार्यालय व्यवस्थापन गरेका छौँ । दलको आकारअनुसारको कार्यालयको व्यवस्था गरेका छौँ । त्यहाँ गएर हेरिदिनुस् भनेका छौँ,” गिरीले भने ।
संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पहिले माओवादीलाई दिएको कार्यालयको व्यवस्था सचिवालयले मिलाएको छ । त्यसपछिका दललाई उनीहरूको संख्याका आधारमा संसद् सचिवालयले कार्यालयको व्यवस्थापन गरेको छ । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रतिनिधि सहभागी थिए ।
सांसदहरूको शपथ चैत १२ गते हुने
संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पहिले माओवादीलाई दिएको कार्यालयको व्यवस्था सचिवालयले मिलाएको छ । त्यसपछिका दललाई उनीहरूको संख्याका आधारमा संसद् सचिवालयले कार्यालयको व्यवस्थापन गरेको छ ।

