सुनचाँदीको मूल्य घट्यो

हिजो मङ्गलवार एक तोला छापावाल सुन रु तीन लाख नौ हजार ९०० र एक तोला चाँदी पाँच हजार ३३५ कारोबार भएको थियो । गत सोमवार छापावाल सुनको मोल प्रतितोला तीन लाख नौ हजार ५०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार २६५ निर्धारण भएको थियो ।

सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा दुई हजार २०० र चाँदी रु १८५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख सात हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १५० कायम भएको छ । हिजो मङ्गलवार एक तोला छापावाल सुन रु तीन लाख नौ हजार ९०० र एक तोला चाँदी पाँच हजार ३३५ कारोबार भएको थियो । गत सोमवार छापावाल सुनको मोल प्रतितोला तीन लाख नौ हजार ५०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार २६५ निर्धारण भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार र त्यति नै परिमाणको चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।