काठमाडौं । अभिमुखीकरणका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवसांसदहरू कार्यक्रमस्थल पुगेका छन्।
मंगलबारदेखि दुई दिन ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा अभिमुखीकरण कार्यक्रम सुरू हुँदैछ। त्यस कार्यक्रममा सहभागी हुन नवसांसदहरू कार्यक्रम स्थलमा पुगेका हुन्।
कार्यक्रमको उद्घाटन उपसभापति समेत रहेका पार्टी संघीय निर्वाचन सम्पादन समितिका संयोजक डोलप्रसाद अर्याल (डिपी)ले गर्नेछन्। अभिमुखीकरणमा पार्टीका सभापति रवि लामिछाने, उपसभापतिद्वय, डिपी अर्याल, स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी र केही आगन्तुक प्रशिक्षकहरूले अभिमुखीकरण दिनेछन्।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार मंगलबार बिहान ११ बजेबाट सुरू हुने अभिमुखीकरणको आरम्भ उपसभापतिद्वय अर्याल र वाग्लेले गर्नेछन्।
उनीहरूले विषय प्रवेशका अतिरिक्त अभिमुखीकरणको तात्पर्यबारे नवसांसदहरूलाई जानकारी गराउनेछन्।
सत्रमा संसदका पूर्व सचिव सुरेश अधिकारीले मौजुदा संसदको संरचना कार्यप्रणालीबारे नव सांसदहरूलाई जानकारी गराउने कार्यसूची रहेको छ। उनले आफ्नो अनुभवको आधारमा प्रस्तुति दिनेछन्।
अभिमुखीकरणका लागि रास्वपाका नवसांसदहरू कार्यक्रमस्थल पुगे