एक करोड १६ लाख रुपैयाँ नगदसहित हुन्डी कारोबारी पक्राउ

‍बरामद सामानहरूमा विभिन्न बैंकको विभिन्न व्यक्तिको नाममा रहेको चेक बुक थान-३, विभिन्न व्यक्तिको नाममा काटेको २७ लाख ३० हजार रुपैयाँको चेक थान - ३, विभिन्न व्यक्तिको नाममा रहेको विभिन्न बैंकको एटीएम कार्ड थान-४, नागरिकता थान- १, चार पाङ्ग्रे सावरी साधन- २ र दुई पाङ्ग्रे सवारी साधन- १ रहेका छन्।

एक करोड १६ लाख रुपैयाँ नगदसहित हुन्डी कारोबारी पक्राउ
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका ८ भिमढुङ्गाबाट ठूलो परिमाणमा नगद तथा अभौतिक मुद्रासहित दुईजना पक्राउ परेका छन्। हुन्डी र अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका ८ भिमढुङ्गा बस्ने वर्ष २८ को सागर गिरी र वर्ष २८ को प्रमोद प्रसाद धिताल रहेका छन्। उनीहरूको साथबाट एक करोड सोह्र लाख रुपैयाँ नगद लगायत विभिन्न सामानहरू बरामद भएको प्रहरीले जनाएको छ। ‍बरामद सामानहरूमा विभिन्न बैंकको विभिन्न व्यक्तिको नाममा रहेको चेक बुक थान-३, विभिन्न व्यक्तिको नाममा काटेको २७ लाख ३० हजार रुपैयाँको चेक थान - ३, विभिन्न व्यक्तिको नाममा रहेको विभिन्न बैंकको एटीएम कार्ड थान-४, नागरिकता थान- १, चार पाङ्ग्रे सावरी साधन- २ र दुई पाङ्ग्रे सवारी साधन- १ रहेका छन्। यस्तै, प्रहरीले सवारी दर्ता किताब थान-३, विभिन्न कम्पनीको मोबाइल फोन थान -६, एनसेल र एनटीसीको सिम कार्ड थान-३१, कम्प्युटर सेट-१ र बाइनान्स खातामा रहेको रकम सात हजार १७५.३४ अमेरिकी डलर पनि प्रहरीले बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।