रास्वपाले निर्वाचन आयोगमा बुझायो समानुपातिक सांसदको नामावली

रास्वपाले समानुपातिकतर्फ ५७ सिट जितेको छ । सचिवालय बैठकबाट खसआर्य १७, जनजाति १६, दलिततर्फ आठ, मुस्लिम तीन, मधेसी नौ र थारू क्लस्टरबाट चारजनाको नाम टुंगो लगाइएको थियो । सोही नाम बुझाइएको आयोगले जनाएको छ । यसमध्ये ४८ महिला छन् ।

रास्वपाले निर्वाचन आयोगमा बुझायो समानुपातिक सांसदको नामावली
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ । आइतबार (चैत १) रास्वपाका नेताहरूले सचिवालय बैठकबाट चयन गरिएको नामावली अयोगमा बुझाएका हुन् । रास्वपाले समानुपातिकतर्फ ५७ सिट जितेको छ । सचिवालय बैठकबाट खसआर्य १७, जनजाति १६, दलिततर्फ आठ, मुस्लिम तीन, मधेसी नौ र थारू क्लस्टरबाट चारजनाको नाम टुंगो लगाइएको थियो । सोही नाम बुझाइएको आयोगले जनाएको छ । यसमध्ये ४८ महिला छन् । समानुपातिकतर्फ निर्वाचित हुने सांसदको सूची बुझाउन दलहरूलाई आयोगले आजसम्मको समय दिएको छ । दलहरूले यसअघि आयोगमा बुझाएको सामानुपातिक उमेदवारको बन्दसूचीबाट निर्वाचित हुनेको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ ।