यी हुन् राप्रपाबाट छानिएका समानुपातिक सांसद

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले समानुपातिक बन्दसूचीमा रहेकामध्ये चार जनाको नाम टुंग्याएको हो । उक्त नाम निर्वाचन आयोगमा बुझाइने पार्टीले जनाएको छ ।

यी हुन् राप्रपाबाट छानिएका समानुपातिक सांसद
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले समानुपातिक बन्दसूचीमा रहेकामध्ये चार जनाको नाम टुंग्याएको हो । उक्त नाम निर्वाचन आयोगमा बुझाइने पार्टीले जनाएको छ । यी हुन् सिफारिस भएकाहरू भरत गिरी (खसआर्य, पुरुष– महोत्तरी) ताहिर अली (मुस्लिम, पुरुष– रुपन्देही) खुस्बु ओली (खसआर्य, महिला– झापा) सरस्वती लामा (जनजाति, महिला– धादिङ)