काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। यस्तै, यी प्रदेशका पहाडी भूभागमा दिउँसो आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
आइतबार राति प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यी प्रदेशमा हिमपातको सम्भावना
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।

