संखुवासभा मतान्तर बढाउँदै एमाले, पछ्याउँदै रास्वपा

उनीहरूबिचको मतान्तर ९८३ छ। यसअघिको विवरणमा यहाँ कार्की र शेर्पाको मतान्तर ७६६ थियो। यहाँ नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठ र श्रम संस्कृति पार्टीका उम्मेदवार उमा कुमारी राई पछि छन्।

संखुवासभा मतान्तर बढाउँदै एमाले, पछ्याउँदै रास्वपा
काठमाडौं । एमालेका उम्मेदवारले अग्रता कायम गरिरहेको संखुवासभामा रास्वपाका उम्मेदवारले पछ्याइरहेका छन्। मतगणना जारी रहेको संखुवासभामा एमालेका अर्जुन कुमार कार्कीले अहिलेसम्म १० हजार १७७ मत ल्याएका छन्। उता रास्वपाका मिङमा शेर्पाले ९ हजार १९४ मतसहित कार्कीलाई पछ्याइरहेका छन्। यहाँ एमालेका उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन्। उनीहरूबिचको मतान्तर ९८३ छ। यसअघिको विवरणमा यहाँ कार्की र शेर्पाको मतान्तर ७६६ थियो। यहाँ नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठ र श्रम संस्कृति पार्टीका उम्मेदवार उमा कुमारी राई पछि छन्। कांग्रेसका श्रेष्ठले अहिलेसम्म ७ हजार ६५९ मत पाएका छन् भने श्रम संस्कृति पार्टीकी राईले ५ हजार ९०४ मत ल्याएकी छन्। नेकपाकी सरिता थापाले जम्मा १९ सय ६७ भोट ल्याएकी छन्।